बाजुरा, ५ चैत । बाजुराको बडिमालिका नगरपालिका–७ ढम्कनेलाई बाजुरा जिल्लाको आलुको राजधानी भनेर चिनिन्छ। ढम्कने गाउमा १ सय बढी घर परिवार छन्। ती सबैको आम्दानीको मुख्य स्रोत भनेको आलु हो। जिल्लाका उत्तरी क्षेत्रका बुढिनन्दा नगरपालिका, स्वामीकार्तिक खापर, जगन्नाथ र हिमाली गाउँपालिकालगायत कर्णाली प्रदेशका हुम्ला मुगु र कालीकोट जिल्लाका केही स्थानीय तहको आवत–जावत गर्ने मुख्य बाटोमा…