बागमती सरकारले विपद् प्रभावित पालिकालाई ५ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउने

काठमाडौँ, १९ असोज । बागमती प्रदेश सरकारले विपद् प्रभावित स्थानीय तहलाई राहत तथा उद्धार कार्यका लागि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विपद् प्रभावित ४५ स्थानीय तहहरूलाई ५ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार…