आवेदन मितिका आधारमा कोरोना बीमाको भुक्तानी

काठमाडौँ, २० कार्तिक । बीमा कम्पनीहरूले कोरोना बीमाबापतको दाबी भुक्तानी बीमितले दिएको आवेदन मितिका आधारमा दिने भएका छन् । सरकारले निकासा गरेको १ अर्ब रुपैयाँमा बीमाक्षेत्रबाट ८१ करोड थप गरी १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानीका लागि बीमा समितिले आवेदन मितिलाई आधार बनाउन निर्देशन दिएको हो । ‘कम्पनीहरूमा पेश भएको दाबी मितिको आधारमा भुक्तानी गर्न…