परिसूचक नेप्से आज पनि बढ्यो

काठमाडौँ, २७ असोज । सेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन पनि बढेको छ । आज बजार ४.१५ अंकले बढ्यो । बजार १८७०.६३ बिन्दुमा पुगेको छ । कारोबार रकम भने बिहीबार समेत बढ्न सकेन । बिहीबार कुल २२२ स्टकको १७ हजार १४५ वटा कारोबारबाट २६ लाख ९८ हजार ३४७ कित्ता सेयर किनबेच भएको छ ।…