काठमाडौँ, ५ कार्तिक । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार साउन र भदौमा एक खर्ब ८७ अर्ब रुपियाँ विप्रेषण भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.८ प्रतिशतले बढी हो । भदौमा खासगरी चाडपर्व लक्षित विप्रेषण आउने भएकाले पनि यो समय विप्रेषण बढ्ने…