२.४१ प्रतिशतले बढ्यो नेप्से

काठमाडौँ, २३ असोज । आज सेयर बजारमा हरियाली छाएको छ । आइतबारदेखि खुलेको सेयर बजार परिसूचक नेप्से २.४१ प्रतिशतले वृद्धि भएको छ । आइतबार बजार परिसूचक नेप्से ४४.६२ अंकले वृद्धि हुँदा १८९८.३८ अंकमा बन्द भएको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ८.७८ अंकले वृद्धि भएर ३७२.२१ अंकमा बन्द भएको छ…