दैनिक उपभोग्य वस्तुको मूल्य शत प्रतिशत वृद्धि,राज्य विचौलियाको कब्जामा

काठमाडौं, २ साउन। नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको एक वर्षमा मुलुकमा कुशासनले सीमा नाघेको र राज्य बिचौलियाको कब्जामा गएको भन्दै मूल्यवृद्धिको ग्राफ नै सार्वजनिक गरेको छ । एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज देउवा सरकारको बदमासीका कारण मूल्यबृद्धि भएको ठहरसहित ग्राफ सार्वजनिक गरेको हो । बिभागले आयोजना गरेको अन्तरक्रियामा एमालेले…