काठमाडौँ, २६ मंसिर । यतिबेला सेयर बजारका महत्त्वपूर्ण नियामक निकाय नेपाल स्टक एक्सचेन्ज र धितोपत्र बोर्ड नेतृत्वविहीन छन् । यसका लागि बजार सञ्चालक र नियामक निकायमा लामो समयदेखि रिक्त रहेको प्रमुखहरूको नियुक्ति प्रक्रियालाई चाँडो टुङ्ग्याउन लगानीकर्ताले सरकारलाई आग्रह गरिरहेका छन् । लामो समयसम्म यस्ता निकाय नेतृत्वविहीन बन्दा बजारको यो हालत भएको बताउँछन् लगानीकर्ता सञ्जीव पौडेल ।…