काठमाडौँ, १२ साउन । बजारमा भिन्डीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज भिन्डीको थोक मूल्य बढेको हो । आज भिन्डीको प्रतिकिलो थोक मूल्य ८ रुपैयाँ बढेर प्रतिकिलो ३७ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो आइतबार भिन्डी प्रतिकिलो २९ रुपैयाँमा किनबेच भएको थियो ।