आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २९ जेठ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ८९ हजार १ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदी पनि बढेर ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ…