काठमाडौँ, १७ वैशाख । युरोपेली संघले नेपाल सरकारलाई ९ अर्ब ८० करोड रूपैयाँ उपलब्ध गराउने भएको छ । कोभिड १९ को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन संघले नेपाललाई उक्त रकम प्रदान गर्न लागेको हो । काठमाडौँस्थित युरोपेली संघ प्रतिनिधिमण्डलका अनुसार कोभिड १९ को महामारीलाई परास्त गर्न आवश्यक पर्ने स्वास्थ्य सामग्री, उपकरण तथा आर्थिक पुनरुत्थानमा…