काठमाडौँ, १८ चैत । सरकारले नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिका लागि सिफारिश समिति गठन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गभर्नर सिफारिश गर्न आइतवार बसेको मन्त्रिपरिषद् बैंठकले समिति गठन गरेको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार सिफारिश समितिको सिफारिशको आधारमा नेपाल सरकारले गभर्नर नियुक्त गर्छ । ऐनमा मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिका लागि…