उपप्रधानमन्त्री पोखरेलद्वारा ‘प्रथम राष्ट्रिय कृषक अवार्ड वितरण हुँदै

काठमाडौँ, २४ भदौ । शिखर नेपालको आयोजनामा नेपालमै पहिलोपटक भइरहेको प्रथम राष्ट्रिय कृषक अवार्ड वितरण नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले गर्नुहुने भएको छ । उपप्रधान तथा रक्षामन्त्री पोखरेलको प्रमुख आतिथ्यतामा राष्ट्रिय सभागृहमा भाद्र २८ गते दिउँसो २ बजे अवार्ड वितरण हुने शिखर नेपालका अध्यक्ष शेखर बाबु खनालले जानकारी दिनुभयो । नेपाल सरकार र…