मेगा रेमिट सेवा हङकङ, युएई र जोर्डनमा पनि

काठमाडौँ, ३१ असार । मेगा बैंक नेपाल लिमिटेडले हङकङ, युएई र जोर्डनमा मेगा रेमिटको सेवा विस्तार गरेको छ । बैंकले एकै पटक तीन वटा मुलुकमा मेगा रेमिट सेवा विस्तार गर्दै हङकङबाट इ–पे लिमिटेडबाट मेगा रेमिटमा नेपाल रकम पठाउन सक्ने जनाइएको छ । यस्तै, युएईको सराफ एक्सचेन्जबाट मेगा रेमिटमा रकम पठाउन सकिने बैंकले जनाएको छ ।…