आजको सुनचाँदीको मूल्य

काठमाडौँ, ६ वैशाख । आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ५९ हजार १ सय रुपैयाँमै कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५८ हजार २ सय रुपैयाँमै कारोबार भईरहेको छ । त्यस्तै, आज पनि चाँदी स्थिर रहँदै प्रतितोला ७ सय २५ रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ…