३० किलो चामलको मूल्य चार हजार

काठमाडौं, ३१ वैशाख । ठेकेदारको लापरबाहीले समयमा चामल ढुवानी नहुँदा हुम्ली नागरिकले सधैँ चामल लिन मुगु धाउनुपर्ने बाध्यता छ । यो क्रम वर्षेनी दोहोरिइरहेको छ । आर्थिक वर्षको अन्त्यसम्ममा पनि ठेकेदारले हुम्लामा चामल ढुवानी गरेका छैनन् । यसबारे कसैले चासो र पहल पनि लिएको छैन । मुगु खाद्य शाखामा ३० किलो जापानी मोटा चामलको मूल्य १५ सय ८० रुपैयाँ…