काठमाडौँ, १७ साउन । सेयर कारोबार गर्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ । नेपाल स्टक एक्सचेन्जले कारोबार सदस्यहरू (धितोपत्र दलाल, आरटीएस, सीडीएस एन्ड क्लियरिङ हाउस) लाई परिपत्र गर्दै ग्राहक पहिचान (केवाईसी) फाराममा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न निर्देशन दिएको हो । परिपत्रमा राष्ट्रिय परिचय पत्रका आधारमा ग्राहक पहिचान र सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्थाको…