काठमाडौं, २२ पौष । आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज बजारमा सुन तोलामा सुन ५ सयले घटेर तितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको भने तेजावी सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ७ सय ५५ रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।