सुन तोलामा दुई सय रुपैयाँले घट्यो

साउन ८, काठमाडौँ ।  आजको सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ५६ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । सोमबार  भने तोलाको ५६ हजार ८ सय रुपैयाँ थियो । तेजावी सुन ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर ७३५ रुपैयाँमा कारोबार भइरहेको छ…