भूकम्पबाट क्षतिग्रस्त प्रतापपुरको जीर्णोद्धार सुरु

काठमाडौँ, १९ जेठ । पुरातत्व विभागले प्रतापपुर मन्दिरको जीर्णोद्धार सुरु गरेको छ । विसं २०७२ वैशाख १२ गते आएको भूकम्प तथा त्यसपछिका परकम्पका कारण सो मन्दिरमा ठूलो क्षति भएको थियो । प्रताप मल्लले निर्माण गरेकाले सो मन्दिरलाई प्रतापपुर भनिएको हो भने आफ्नी रानी अनन्तप्रियाको सम्झनामा अनन्तपुर मन्दिर निर्माण गरिएको हो । सो मन्दिर जोखिममा परेपछि…