काठमाडौँ, १५ जेठ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७४÷७५ को आयव्यय विवरण बजेट पारित गरेको छ । प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट पारित गरेको उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । “बजेटका लागि के के कार्यक्रम राख्ने भनी आयोगको पूर्ण बैठकले…