काठमाडौँ, १७ मंसिर । कोटेश्वर चोकमा फ्लाइओभर निर्माणका लागि जापानले नेपाललाई करिब ३१ अर्ब ७६ करोड रुपैयाँ बराबरको ऋण दिने भएको छ । आज अर्थ मन्त्रालयमा ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ) ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । ऋण सहायतासँग सम्बन्धित एक्स्चेञ्ज अफ नोटमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र नेपालका लागि…