काठमाडौँ २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैँकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रायसरले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुुलाटारमा भएको भेटमा नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा हुँदै आएको सहकार्य, काठमाडौँमा जारी सगरमाथा संवादको सार्थकता आदि विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले नेपालको आर्थिक वृद्धि, गरिबी निवारण र…