काठमाडौं, ७ असार । चिनियाँ सहायक विदेशमन्त्री कोङ् सोयानयुले यही वर्ष (सन् २०१७ भित्र) चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुन सक्ने संकेत गरेका छन ।नेपाल चीन कूटनीतिक परामर्श संयन्त्रको मंगलबार परराष्ट्र मन्त्रालयमा आयोजित एघारौं बैठकमा चिनियाँ सहायक विदेशमन्त्री सोयानयुले नेपालसँग उच्चस्तरीय भ्रमण आदानप्रदान बढाउन चीन इच्छुक रहेको बताए । बैठकमा नेपाल-चीनबीचको राजनीतिक सम्बन्ध थप प्रगाढ बढाउने…