दुर्गा दुलाल काठमाडौं २ फागुन । बरियता क्रमको नम्बर एकमा रहेका नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल सर्वोच्च अदालत पुगेका छन्। आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गर्दै असाधारण क्षेत्राधिकार अन्तर्गतको रिटमा सिलवाल सर्वोच्च पुगेका हुन्। सिलवालको रिटमा प्रहरी नियमावलीको व्यवस्थाविपरीत तेस्रो बरियतामा रहेका जयबहादुर चन्दलाई सरकारले निर्णय गरेको महानिरीक्षकको नियुक्ति गैरकानुनी भएको दाबी गरिएको छ। वरिष्ठता,…