हड्तालविरुद्ध सरकार कठोर बन्दै राजपत्रमा सूचना निकाल्ने निर्णय

बैशाख १२,काठमाडौ। यातायात व्यावसायीले अनिश्चितकालिन आमहडताल गर्ने घोषणा गरेको बेला हडताल निषेध गर्न सरकारले राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । सार्वजनिक हितका लागि अत्यावश्यक सेवामा हडताल गर्न निषेध गर्न सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको संचार, सूचना तथा प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए…