बैशाख २४, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख २८ गतेबाट सुरु गर्ने दुईदिने नेपालको राजकीय भ्रमणको सिलसिलामा जनकपुर, काठमाडौं र मुक्तिनाथमा साढे २९ घन्टा बिताउने भएका छन् । भ्रमण कार्यक्रमअनुसार भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते बिहान नयाँदिल्लीबाट विहारको राजधानी पटना हुँदै भारतीय हवाई सेनाको विशेष हेलिकोप्टरमा जनकपुर विमानस्थलमा आउनेछन् । त्यहाँ उनलाई सरकारका…