डडेल्धुरा २१ कार्तीक । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको सरगर्मी बढेसँगै डडेल्धुराका हरेक चोकचोकमा चुनावी परिणामको जोडघटाउ सुरु भएको छ । प्रतिनिधिसभामा एक सिट मात्र भएको प्रदेश ७ को केन्द्रबिन्दु मानिने डडेल्धुरामा एमाले र माओवादी केन्द्रबीच भएको वाम गठबन्धनसँग कांग्रेस डराइरहेको छ । वाम गठबन्धन भने कांग्रेससँत होइन, आफूभित्र हुन सक्ने सम्भावित ‘आन्तरिक घात’ सित…