पाँच वर्षमा सबैलाई घर र रोजगार हुने : गौतम

दाङ, १० असोज । नेकपा एमाले का उपाध्यक्ष वामदेव गौतमले अबको चुनावमा एमालेलाई कसैले रोक्न नसक्ने बताएकाछन । नेकपा एमाले दाङले सोमबार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राष्ट्रका सामु आएका कठिन चुनौतीमा एमाले उत्तीर्ण भएको भन्दै लोकतन्त्रको रक्षा एमालेले मात्र गर्न सक्ने दाबी गरे । काँग्रेसले बोकेको लोकतन्त्र नक्कली भएको उनको आरोप थियो ।…