काठमाडौ,५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री कृष्णबहादुर महराले ‘आफ्नै कमजोरी’ का कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न नपाएको खुलेको छ । संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा सहभागिता जनाउने क्रममा राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्ने प्रचार गरिएपनि त्यसको आवश्यक तयारी नहुँदा भेट नभएको हो । प्रधानमन्त्री देउवा आफैं महासभामा सहभागिता जनाउन ढिलोमात्रै न्युर्योक पुग्नुभयो…