नुवाकोट, २९ असार । नेपाल टेलिकमले विदुर नगरपालिका–१३, हर्कपुरको कन्यादेवी निम्न माध्यमिक विद्यालयलाई कम्प्युुटरलगायत विद्युतीय सामग्री प्रदान गरेको छ । टेलिकमले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत केन्द्रीय कार्यालयमार्फत कन्यादेवी निमाविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिकरुपमा दक्ष र आधुनिक युगअनुसार प्रतिस्पर्धी बनाउन कम्प्युटरसहित इन्टरनेट सेवा उपलब्ध गराएको जनाएको छ । विद्यालयलाई मंगलबार पाँच थान कम्युटर, इन्टरनेट चलाउने वाइम्याक्स डिभाइस, प्रिन्टर,…