विराटनगर महानगरपालिकामा काँग्रेस विजयी

विराटनगर, २५ असार । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ । गएराति सम्पन्न भएको मतगणनापछि प्रमुख पदमा काँग्रेसका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले का विनोदकुमार ढकालले १७ हजार ३२२ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले…