संविधान कार्यान्वयनको ठोस आधार तयारः नेम्वाङ

इलाम, २३ असार । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले स्थानीय तहको निर्वाचनले संविधानको ठोस कार्यान्वयनका लागि आधार तयार गरेको बताए । इलाम नगरपालिकामा हिजो आयोजित नवनिर्वाचित प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको सपथ ग्रहण समारोहमा उनले तोकिएकै समयमा प्रदेश नं २ को पनि निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए । पूर्वसभामुखसमेत रहनुभएका नेता नेम्वाङले संविधानले तोकेको…