मदन भण्डारी पार्टीको शीर्ष स्थानमा पुगेको त्यो समय

ईश्वर पोखरेल को–अर्डिनेशन केन्द्रको तेस्रो सम्मेलनको केही समयपछि अर्थात् २०३५ साल पुस ११–१४ मा त्यसले आयोजना गरेको ‘राष्ट्रिय सम्मेलन’बाट नेकपा ९माले०को गठन गरियो । मोरङको इटहरामा स्थानीय आधारभूत वर्गका किसानहरूको वस्तीमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । र, यसको सम्पूर्ण व्यवस्थापनको नेतृत्व मदन भण्डारीले गर्नु भएको थियो । पार्टीको संगठित शक्तिको कडा सुरक्षा प्रवन्धभित्र गरिएको…