प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछ – प्रम

भीमदत्तनगर, १० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताए। नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने छ भने। प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनपछि प्रतिपक्ष दल नेकपा एमाले सहितसँग छलफल गरी संविधान संशोधन…