पाल्पा, १३ वैशाख । नयाँ संरचनाअनुसार स्थानीय तहको निर्वाचनले जिल्लाभर चहलपहल ल्याएपनि पाल्पाको कुमाल समुदायमा चुनावी सरगर्मी बढ्न सकेको छैन । बाह्रै महिना घरखर्चको जोहो गर्नुपर्ने बाध्यतामा रहेका पाल्पा बगनासकाली गाउँपालिका–१, घोरबन्दामा बासिन्दासम्म चुनावी प्रचार र चहलपहल पुग्नै सकेको छैन । कुमाल समुदाय आदिवासी जनजातिअन्तर्गत आर्थिकरुपमा विपन्न समुदायका रुपमा रहिआएका छन् । राज्यको प्रशासनिक निकायमा…