चितवन, २ जेठ । भरतपुर महानगरपालिकाको मतगणनामा ढिलाई भएपछि आज रातिबाट मतपत्र मिलाउने र गन्ने काम १० ठाउँमा गरिने भएको छ । हालसम्म गन्ने र मिलाउने काम तीन ठाउँमा गरिंदै आएको थियो । एक ठाउँमा मिलाउने र दुई ठाउँमा गनिँदै आएकोमा गणनामा ढिलाई भएपछि जनशक्ति थप गरी धेरै ठाउँमा गणनाको काम गर्न लागिएको हो ।…