त्रिपुराकोट (डोल्पा), १२ चैत । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका बासिन्दा पुस्तौँदेखि खुला कुलोको पानी पिउन बाध्य छन् । स्वच्छ खानेपानीका अभावमा परापूर्वकालमा स्थानीयवासीले सिँचाइ गर्नका लागि खनिएको कुलाबाट ल्याइएको दूषित पानी पिइरहेका छन् । अहिले पनि त्रिपुराकोटका सयभन्दा धेरै घरधुरी कुलाको पानी प्रयोग गर्छन् । यहाँका मानिसहरु राजनीतिक दलका प्रमुखदेखि जिल्लाको शिक्षित समुदायका रुपमा परिचित भए…