बिर्तामोड, १७ मंसिर । अनेरास्ववियुले मेचीमहाकाली विद्यार्थी जागरण यात्राको शुभारम्भ गरेको छ । झापाबाट संगठनका केन्द्रीय अध्यक्ष दिपक धामीले अभियानको शुभारम्भ गरेका हुन् । अनेरास्ववियुको झण्डा विद्यार्थीहरुलाई हस्तान्तरण गर्दै मंगलवार अभियान शुभारम्भ भएको घोषणा गरिएको छ । अभियानमा प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । सोही कार्यक्रममा अनेरास्ववियु कोशी प्रदेशले पुरस्कार वितरण गरेको छ ।…