हेटौंडा, २७ फागुन । सप्तरीमा सत्तारुढ मधेसी मोर्चाको सशस्त्र आक्रमणपछि तीन दिन स्थगित भएको नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियान हेटौंडाबाट जोडिएको छ । हेटौंडाको भुटनदेवी मैदानमा हजारौंको सहभागिता बीच आयोजित जनसभालाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गरे । सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले तीन दिनअघि राजविराजमा भएको केही युवाहरुको मृत्युप्रति आफूलाई दुःख लागेको वताए…