घुससहित शाखा अधिकृत पक्राउ

काठमाडौँ, १९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग, मिनभवनका शाखा अधिकृत अर्जुनप्रसाद रिजाललाई रु २५ हजार घुससहित थलोबाटै पक्राउ गरेको छ । आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार शाखा अधिकृत रिजाल महा नेपाली मोटर ड्राइभिङ सेन्टर सोह्रखुट्टेको दर्ता गर्ने प्रयोजनमा विभिन्न बहानामा आज घुस रकम माग गरिरहेको सूचनाका आधारमा आयोगको टोलीले कार्यालय परिसरबाटै…