Banner News

कांंग्रेस केन्द्रीय समितिको आजको बैठकमा कसले –कसले जिम्मेवारी के –के पाए



काठमाण्डौ,१३ चैत । निकै लामो समयपछि पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समितिको पहिलो दिनको बैठकले ४२ वटा केन्द्रीय विभाग कायम गर्ने र आवश्यकता अनुसार विभागको संख्या थप गर्न सकिने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि गरेको छ । केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र तयारी समिति गठन गर्ने निर्णय गरेको छ ।पनि कांग्रेसले जानकारी दिएको छ ।

बैठकले नेपाली कांग्रेसको विधान २०१७ ९संशोधित र परिमार्जित० को धारा २९ तथा नेपाली कांग्रेसको नियमावली २०६८ को नियम १४ बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ ।
समिति २९ सदस्यीय रहेको छ ।
बैठकमा प्रस्तुत प्रस्तावहरु र देशको समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । आजको प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, खुमबहादुर खड्का, डारामशरण महत, अर्जुननरसिंह केसी नरहरि आचार्य, रमेश रिजाल, फरमूल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, एनपी साउँद, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्दम्वे, डा शेखर कोइराला, चन्द्र भण्डारी, अजयकुमार चौरसिया, महेन्द्र यादव, मीन विश्वकर्मा, जीवन परियार, सीता गुरुङ, श्यामकुमार घिमिरे, गुरूराज घिमिरे, प्रदीप पौडेल, लगायतले राखे । बैठक भोली पनि बस्ने भएको छ ।