काठमाडौँ, २४ कार्तिक । विश्व वरीयतामा एक हजारभित्र सूचीकृत विश्वविद्यालयको सम्बन्धनमा मात्रै नेपालमा विदेशी कलेज सञ्चालन अनुमति दिन विज्ञहरूले सरकारलाई सुझाव दिएका छन् । विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ संशोधनका लागि गठित विज्ञहरूको समितिले संस्थागत र शैक्षिक कार्यक्रममा गुणस्तर प्राप्त विश्वविद्यालयका कार्यक्रम मात्रै नेपालमा सञ्चालन गर्न दिनुपर्ने राय दिएको हो । शिक्षा…