सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की

सुन्दरहरैँचा, २ पौष । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गुणस्तरीय साथै व्यावहारिक शिक्षा प्रदान गरी दक्ष, सक्षम तथा नैतिकवान नागरिक तयार गर्नु सबैको जिम्मेवारी र दायित्व भएको बताएका छन् । मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको सुकुना माध्यमिक विद्यालयको ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा सोमवार मुख्यमन्त्री कार्कीले   सार्वजनिक शिक्षाको रुपान्तरण, वातावरणमैत्री शैक्षिक संस्थाको निर्माण,…