काठमाडौँ, २८ साउन । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा लामो समय नेविसंघले ‘गुन्डागर्दी’ गर्दै आएकामा अहिले अखिल क्रान्तिकारीले पनि तोडफोड र अवरोध सुरु गरेको छ । दीपक अर्याल उपकुलपति भएयता माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारी ‘गुन्डागर्दी’ मा उत्रिएको हो । क्रान्तिकारीको तोडफोड र पदाधिकारीलाई अवरोध जारी रहेपछि त्रिवि प्रशासनले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र लेख्दै सुरक्षा माग गरेको छ ।…