विद्यार्थीलाई कपाल काट्ने तालिम सुरु

काठमाडौँ, २८ जेठ । स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ । विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीका अनुसार व्यवहारिक सीप मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले  तालिम थालिएको हो ।  जिल्लाकै पुरानो सो सामुदायिक विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ ।  विद्यालयले कक्षा ८, ९ र १०…