तनहुँ, १७ माघ । सहरी विकासमन्त्री सीता गुरुङले दक्ष जनशक्ति उत्पादन आजको आवश्यकता भएको बताएकी छन् । तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसको ११औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले नेपाललाई आवश्यक जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणालीको खाँचो रहेको औँल्याइन् । अहिलेको परम्परागत शिक्षाले बेरोजगार जनशक्ति मात्रै उत्पादन गरेकाले प्राविधिक शिक्षामा जोड दिँदै…