काठमाडौँ, २० जेठ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले फास्ट ट्र्याकमार्फत उपप्राध्यापक नियुक्तिका लागि कार्यविधि बनाउने गृहकार्य थालेको छ । लिखित परीक्षाविनै पीएचडी गरेको र अन्तर्राष्ट्रिय जनरलमा आर्टिकल प्रकाशित गरेको आधारमा त्रिविले १०० जना उपप्राध्यापक स्थायी नियुक्ति प्रक्रिया अगाडि बढाएको हो । तर सर्वोच्च अदालतले समेत त्रिविलाई खुला प्रतिस्पर्धामा असर पर्नेगरी कुनै पनि नियुक्ति प्रक्रिया नगर्न परमादेश…