प्रधानाध्यापकको विवादले विद्यालय बन्द

अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेना शिवाहदह माविमा धानाध्यापकको विवादले एक हप्तादेखि विद्यालय बन्द भएको छ । विद्यालयको भौतिक निर्माणमा दलका प्रतिनिधिले हस्तक्षेप गरेको, बहालवाला प्रधानाध्यापकलाई हटाउन खोजिएको भन्दै विद्यार्थी आन्दोलित बनेपछि ५ सय भन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय निर्माणका लागि नगरपालिकाबाट परेको सात लाख, वडा कार्यालयबाट परेको तीन लाख, पुस्तकालय निर्माणका…