सामुदायीक प्रहरी सेवा केन्द्र लाखेचौर, बानेश्वरको पहलमा स्थानीय देवीनगरस्थित भद्र घले शिक्षा सदनका विद्यार्थीबीच प्रहरी पुगेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गठित विद्यालय प्रहरी समन्वय समितिको कार्यक्रम अन्तर्गत शान्तिसुरक्षाका विविध विषयबारे विद्यार्थीलाई जानकारी गराउन प्रहरी त्यहाँ पुगेको हो । सो विद्यालयका कक्षा ५ देखि १० सम्मका विद्यार्थीलाई महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, डिएसपि…